शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शन


१६ असार २०८०, शनिबार


काठमाडौँ । समाजवादी विद्यार्थी युनियनले नयाँ शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ ।

नयाँ शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै नेपाल समाजवादी पार्टी निकट नेपाल समाजवादी विद्यार्थी युनियनले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले २८ सालको पञ्चायती शिक्षा ऐनलाई खारेज गर्न माग गरेका छन् । त्यस्तै कुनै पनि बहानामा नयाँ शिक्षा ऐन जारी गर्न ढिलाइ गर्न नहुने उनीहरूको भनाइ छ ।

पञ्चायत ऐन खारेज गर, शिक्षा आयोग प्रतिवेदन खोइ ? शिक्षा र स्वास्थ्य क्षेत्रको व्यापार बन्द गर, शिक्षा र स्वास्थ्य पूर्ण निःशुल्क गर, लगायतका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस