सहजरुपमा खानेपानी उपलब्ध गराउन मन्त्री यादवको निर्देशन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सहजरुपमा खानेपानी उपलब्ध गराउन मन्त्री यादवको निर्देशन


१६ असार २०८०, शनिबार


काठमाडौँ । खानेपानी मन्त्री महिन्द्र राय यादवले उपभोक्तालाई सहजरुपमा खानेपानी उपलब्ध गराउन निर्देशन दिएका छन् ।

ललितपुर महानगरपालिका-१४, १५, २३ र २६ को खानेपानी सङ्घर्ष समितिले आज आयोजना गरेको बृहत् अन्तरक्रिया कार्यक्रममा मन्त्री यादवले स्थानीय बासिन्दालाई तत्काल मेलम्चीको पानी उपलब्ध गराउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई निर्देशन दिए ।

उनले खानेपानीको सहज पहुँच आम जनताको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउने सरकारको दायित्व भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस