अझै शुरु भएन कोशी प्रदेश सरकार गठनको प्रक्रिया « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अझै शुरु भएन कोशी प्रदेश सरकार गठनको प्रक्रिया


१६ असार २०८०, शनिबार


काठमाडौँ । कोशी प्रदेशमा एमाले नेतृत्वको सरकारले विश्वासको मत नपाएसँगै नयाँ सरकार गठनको प्रक्रिया अझै शुरु हुन सकेको छैन ।

सरकार गठनका लागि स्पष्ट बहुमत नभएपछि प्रदेश प्रमुख परशुराम खापुंग आफै सरकार गठनको प्रक्रिया संविधानको धारा १६५ को कुन उपधाराद्वारा आव्हान गर्ने भन्ने अलमलमा छन् ।

सरकार गठनका विषयमा कानुनी परामर्श गरिरहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतको प्रस्ताव शुक्रबारको प्रदेशसभाबाट फेल भएको थियो । संविधानको धारा १६८ को उपधारा ९२० अन्तर्गत बनेको कार्की नेतृत्वको सरकारले विश्वासको मत नपाएसँगै अब संविधानको सोही धाराको उपधारा (३) अनुसार आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने एमालेले बताउँदै आएको छ ।

विपक्षी गठबन्धन दलहरूले भने संविधानको धारा १६८ को (२) अनुसार नै सरकार गठनको सम्भावना जीवित रहेको बताइरहेका छन् । यस विषयमा शुक्रबार दुवैपक्षले छुट्टा-छुट्टै समयमा प्रदेश प्रमुख खापुङसँग छलफल गरेका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङसँग दलहरू परामर्शमा रहेको कारण आइतबार मात्रै सरकार गठनको आव्हान हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस