वर्षाले सिद्धार्थ राजमार्ग अवरुद्ध « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

वर्षाले सिद्धार्थ राजमार्ग अवरुद्ध


१६ असार २०८०, शनिबार


काठमाडौँ । अविरल वर्षाका कारण पाल्पाका विभिन्न सडक खण्ड अवरुद्ध बनेका छन् । दुई दिनदेखि परेको वर्षाले सिद्धार्थ राजमार्ग, कालिगण्डकी करिडोर तथा विभिन्न सडक खण्ड बन्द छन् ।

 सिद्धार्थ राजमार्गअन्तर्गत माथागढी गाउँपालिका-१ धैरेनी, बगनासकाली-४ सेरा र रम्भा गाउँपालिका-३ लसुने नजिकै पहिरो खसेको छ । यस्तै कालिगण्डकी करिडोरअन्तर्गत पाल्पाको रम्भा-२ र ३ को सिमानामा रहेको सहर्दीखोला पुल नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

बिहीबार रातिदेखि परेको वर्षाले कालिगण्डकी करिडोर शुक्रबारदेखि अवरुद्ध भएको हो । वर्षाका कारण पहिरो हटाउन  समस्या भएको छ । सडकमाथिबाट ढुङ्गासहित पहिरो खस्ने क्रम जारी रहेको रम्भा-१ का वडाध्यक्ष ईश्वर काफ्लेले बताए । 

 कालिगण्डकी कोरिडोरअन्तर्गतकै रामपुर नगरपालिका-१ स्याउली बजार र सर्दीखोलाको बिच भागमा पहिरो खसेपछि सडक अवरुद्ध भएको ज्ञानमन्जरी प्राविका प्रधानाध्यापक दानस मल्लले बताए । यस्तै पूर्वी पाल्पा जोड्ने आर्यभन्ज्याङ-जब्गादी-रामपुर सडकखण्डका विभिन्न स्थानमा पहिराले सडक अवरुद्ध छ । रामपुर जोड्ने सडक निस्दी-५, ढुङ्गानाबेँसी नजिकै पहिरो खसेको छ । सडक अवरुद्ध भएपछि यात्रु बीच बाटोमा अलपत्र छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस