सेमिफाइनलमा नेपालले सिंगापुरसँग खेल्ने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सेमिफाइनलमा नेपालले सिंगापुरसँग खेल्ने


१५ असार २०८०, शुक्रबार


काठमाडौँ । मलेसियमा चलिरहेको एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा नेपालले सिंगापुरलाई प्रतिद्वन्द्वी पाएको छ ।

समूह बीको खेलमा हङकङसँग ७ विकेटले पराजित हुँदै उपविजेता बनेपछि सिंगापुरको भेट नेपालसँग हुन लागेको हो ।

नेपालले समूह बीको दोस्रो स्थानमा रहेको सिंगापुरसँग सोमबार ९३ जुन० मा सेमिफाइनल खेल्नेछ । नेपालको खेल बायोमास ओभल क्रिकेट मैदानमा हुनेछ ।

समूह बीको विजेता हङकङले भने घरेलु टोली मलेसियासँग खेल्ने छ ।

समूह ए र बी को तेस्रो स्थानमा रहेका थाइल्यान्ड र इन्डोनेसियाबीच प्ले अफ खेल हुनेछ ।

यो खेलमा जित्ने टिम पाँचौँ हुनेछ भने पराजित टिमले समूह बीको चौथो स्थानमा रहेको माल्दिभ्ससँग सातौँ स्थानका लागि खेल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस