क्रिकेट सङ्घका जिएम खनालले दिए राजीनामा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

क्रिकेट सङ्घका जिएम खनालले दिए राजीनामा


१४ असार २०८०, बिहिबार


काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) को महाप्रबन्धक (जिएम) बाट वृत्तान्त खनालले राजीनामा दिएका छन्।

२०७९ को वैशाखदेखि क्यानको महाप्रबन्धक नियुक्त भएका खनालले पदाधिकारीसँगको विवादपछि इमेलमार्फत राजीनामा पत्र पठाएका छन्। 

उनले अध्यक्ष चतुरबहादुर चन्दसहितका पदाधिकारीलाई इमेल गर्दै राजीनामा दिएको क्यान स्रोतले बतायो। उनले केही दिनअघि  राजीनामा दिए पनि स्वीकृत भने भएको छैन। 

मुलपानी मैदान प्रतियोगिताका लागि भाडामा दिएको विषयमा विवाद भएको बुझिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस