काँग्रेससँग नयाँ सरकारका विषयमा कुरा भएको छैन : ओली « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

काँग्रेससँग नयाँ सरकारका विषयमा कुरा भएको छैन : ओली


१४ असार २०८०, बिहिबार


काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार निर्माणका विषयमा कुनै कुरा नभएको बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले सरकार गठनका विषयमा काँग्रेससँग कुनै कुरा नभएको बताए।

अध्यक्ष ओलीले भने, “काँग्रेससँग मैले प्रस्ताव गरेको छैन, काँग्रेसले पनि मलाई प्रस्ताव गरेको छैन । तपाईँ (पत्रकार)मार्फत जानकारी पाइरहेका छौँ ।” पार्टीका दोस्रो तहका नेतामार्फत कुराकानी गरिएको भन्ने विषय आफूलाई जानकारी नभएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस