‘थाहा भयो होला ११ किलो सुन कहाँ गयो भन्ने’  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

‘थाहा भयो होला ११ किलो सुन कहाँ गयो भन्ने’ 


१४ असार २०८०, बिहिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको जलहरीको सुन आफ्नो विषय नभएको बताएका छन् । आफू सरकार प्रमुख हुँदा पशुपति क्षेत्र विकास कोषलाई रकम दिने मात्र निर्णय गरेको उनले बताए ।

धान दिवसको कार्यक्रममा सहभागी हुन बिहीबार चितवन पुगेका वलीले सञ्चारकर्मीहरुसँग भने, ‘एक जनाले भनेको सुनियो, सुन होइन, पित्तल चढाएको, त्यहाँ पनि भ्रष्टाचार भएको । अलिक दिन त्यसले पनि मार्केट पायो ।’

अलिक पछि त्यो सुन नै नचढाएको भन्ने थाहा भएको उनले बताए । एमाले अध्यक्ष ओलीले अगाडि भने, ‘अलिक पछि ११ किलो सुन कहाँ गयो भन्ने थाहा भयो होला तौलिएपछि । यो मेरो विषय हो र तपाईहरुले मलाई सोधेको ?’

पशुपतिनाथमा सुनको जलहरी निर्माणका क्रममा अनियमितता भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । छानबिनका क्रममा १० असारमा जलहरीको तौल र गुणस्तर मापन गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस