उद्धार र सहयोगमा मानवीय व्यवहार गर्न गृहसचिव भट्टराईको आग्रह « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

उद्धार र सहयोगमा मानवीय व्यवहार गर्न गृहसचिव भट्टराईको आग्रह


१४ असार २०८०, बिहिबार


काठमाडौँ । गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले विपद्का बेला उद्धार र सहयोगमा मानवीय व्यवहार गर्न आग्रह गरेका छन् । विपद् प्रतिकार्यमा खटिने नाममा सामाजिक गतिविधि नगर्न सचेत पनि गराएका छन् ।

बिहीवारदेखि शुरु भएको दोस्रो विपद् जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सचिव भट्टराईले विपद्का समयमा उद्धार र राहत बाँड्ने काममा खटिने नाममा पीडितसँग तस्बिर खिचाउने, सामाजिक सञ्जालमा शेयर गर्ने लगायतका काम रोक्न जरुरी रहेको बताए । उनले विपदमा उपस्थिति दर्ता गराउने होडबाजी बढेको भन्दै विपद्का बेलामा उपस्थिति दर्ता गराउन मात्रै विपद् स्थलमा नजान आग्रह गरे ।

उनले भने, ‘विपद् रोकथामको काममा सरकारमात्रैको संलग्नताले पुग्दैन । विपद्का बेलामा उद्धारका लागि जाने भनेर उपस्थिति दर्ता गराउने होडबाजी बढी देखिएको छ । यसलाई रोक्नुपर्छ ।’

गृह सचिव भट्टराईले विपद् रोकथामको काममा सरकार एक्लैले मात्रै नसक्ने भन्दै सम्बन्धित निकायहरूसँग समन्वय गरी उद्धार र राहत बाँड्ने काममा खटिन आवश्यक रहेको बताए । उनले सरकारले विपदबाट बच्न तीन चरणका तयारी गरेको पनि बताए । विपद् व्यवस्थापनको कामका लागि सरकारका तर्फबाट थप अनुसन्धान गरी रोकथाममा लाग्नुपर्ने उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस