निजी क्षेत्रलाई स्वास्थ्य बीमा नदिने सरकारको तयारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

निजी क्षेत्रलाई स्वास्थ्य बीमा नदिने सरकारको तयारी


१३ असार २०८०, बुधबार


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले निजी अस्पताल र मेडिकल कलेजहरूलाई स्वास्थ्य बिमा नदिने बताएका छन् ।

बुधबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले निजी अस्पताल र मेडिकल कलेजहरूलाई स्वास्थ्य बीमा नदिने कुरामा सरकारले आफ्नो धारणा बनाइसकेको बताए ।

उनले स्वास्थ्य बिमा सही ढङ्गबाट सञ्चालन हुन नसकेको पनि बताए । उनले बिरामी नभएकाहरूलाई डकुमेण्ट बनाएर खर्च गराउने कुराको नियन्त्रण हुन जरुरी रहेको बताए । बिमा बोर्डलाई पनि चुस्त बनाउन नसकेको स्पष्ट पारे ।

उनले भने, “स्वास्थ्य बिमा कार्यक्रम अत्यन्तै महत्त्वपूर्ण, ऐतिहासिक र नभई नहुने कार्यक्रम हो । तर सही ढङ्गबाट कार्यक्रम भइसकेको छैन । रोगको पत्ता लागेपछि यसको उपचारको कुरा होला । धेरैकुरा हामीले सुधारेर जानुपर्ने स्थिति छ । निजी अस्पताल र मेडिकल कलेजहरूलाई अब स्वास्थ्य बिमा दिने की नदिने रु लगभग नदिने कुरामा राज्यले एउटा धारणा बनाइसकेको छ ।”

Tags :
प्रतिक्रिया दिनुहोस