ताप्लेजुङको बाढी पहिरोबारे सांसद भट्टराईद्वारा सरकारको ध्यानाकर्षण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

ताप्लेजुङको बाढी पहिरोबारे सांसद भट्टराईद्वारा सरकारको ध्यानाकर्षण


१३ असार २०८०, बुधबार


काठमाडौँ । एमाले सांसद योगेश भट्टराईले, ताप्लेजुङमा बाढीबाट भएको क्षति र प्रभावितको पुर्नस्थापनाका लागि सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै उनले ताप्लेजुङ बाढी र पहिरोका कारण अन्य जिल्ला र प्रदेश तथा संघीय राजधानीसँग सम्बन्ध विच्छेदको अवस्थामा रहेको भन्दै तत्काल आवश्यक पहलका ध्यानाकर्षण गराएका हुन् ।

‘विशेष गरी, ताप्लेजुङ जिल्लालाई जोड्ने तीन वटा राजमार्गहरू सबै चलेका छैनन् । अवरुद्ध छन् । मेची राजमार्ग चलेको छैन । हिंवा खोलमा गएको पुल माननीय मन्त्रीजीले दश दिनमा बेलिब्रिज बनिसक्छ भन्नु भएको थियो । तर आज मैले रिर्पोट लिँदा अझै पनि १०/१५ दिन अझै लाग्छ । डाइभर्सन खडा गरिएको थियो । हिजो राति डाइभर्सन पनि बगायो । त्यसकारण ताप्लेजुङको सम्बन्ध पूर्ण रूपमा विच्छेद भएको छ ।,’ उनले भने ।

विभिन्न ठाउँमा सवारी साधन नपुग्दा खाद्य संकट समेत भएको भन्दै तत्काल त्यसका लागि हवाई मार्गबाट भए पनि राहत पु¥याउन उनले सरकारको ध्यानाकर्षण गराए ।

Tags :
प्रतिक्रिया दिनुहोस