बजेटप्रति असन्तुष्ट सत्ता साझेदार दलहरूको संसदीय दलको बैठक बस्दै « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

बजेटप्रति असन्तुष्ट सत्ता साझेदार दलहरूको संसदीय दलको बैठक बस्दै


१३ असार २०८०, बुधबार


काठमाडौँ । सत्ता साझेदार दलहरूले आज बिहान १०:३० बजे बस्न लागेको संसदीय दलको बैठकमा बजेटबारे निर्णय लिँदै छन् ।

जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीले बिहान बस्ने संसदीय दलको बैठकबाट निर्णय गर्न लागेका हुन् । यसैगरी सरकारलाई समर्थन गरेको जनमत पार्टीले पनि बिहान मात्रै बजेटको विषयमा निर्णय लिन लागेको छ ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भने यसअघि नै बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेका छन् ।

आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकबाट विनियोजन विधेयक २०८० बजेट पास गर्ने तयारी छ ।

गत जेठ १५ गते अर्थमन्त्री महतले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट संघीय संसदमा प्रस्तुत गरेका थिए । बजेट प्रस्तुत भएदेखि नै प्रतिपक्षसँगै सत्तापक्षका सांसदहरूले पनि असन्तुष्टि प्रकट गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस