प्रतिनिधि सभामा बजेटमाथि आठ मन्त्रीले दिए जवाफ, भोलि थप आठ मन्त्रीले जवाफ दिने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रतिनिधि सभामा बजेटमाथि आठ मन्त्रीले दिए जवाफ, भोलि थप आठ मन्त्रीले जवाफ दिने


१० असार २०८०, आइतबार


काठमाडौँ । आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमाथि प्रतिनिधि सभामा आठ मन्त्रालयको छलफल सकिएको छ । 

विनियोजन विधेयक-०८० अन्तर्गत विभिन्न आठ मन्त्रालयका लागि विनियोजित बजेटमाथि प्रतिनिधि सभा सदस्यहरूको सहभागितामा मन्त्रालयगत छलफल सम्पन्न भएको हो । 

आजसम्ममा गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, शहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमाथिको छलफल सकिएको हो । 

सबै मन्त्रालयहरूका लागि विनियोजित बजेटमाथि संसदमा केही दिनदेखि छलफल चलिरहेको थियो । आज प्रतिनिधिसभाको बैठकमा सम्बन्धित मन्त्रालयको नेतृत्व गर्दै मन्त्रीहरूले सांसदहरू उठाएका प्रश्नमाथि जवाफ दिए । 

प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ । भोलि, संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसङ्ख्या, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन विधेयक ०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा मन्त्रालयगत छलफलमा सांसदले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।

कार्यसूची :

Tags :
प्रतिक्रिया दिनुहोस