धनगढी उपमहानगरले ल्यायो १ अर्ब ९३ करोडको बजेट « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

धनगढी उपमहानगरले ल्यायो १ अर्ब ९३ करोडको बजेट


१० असार २०८०, आइतबार


काठमाडौँ । धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०।०८१ को लागी १ अर्ब ९३ करोड ८ लाख २४ हजार बराबरको बजेट ल्याएको छ।

आइतबार बसेको नगरसभा बैठकमा उपप्रमुख कन्दकला रानाले उक्त बजेट प्रस्तुत गरेकी हुन्।

रानाले प्रस्तुत गरेको बजेटमा चालू खर्चतर्फ १ अर्ब १७ करोड ४४ लाख ९७ हजार ६३ रुपैयाँ र पुँजीगत खर्चतर्फ ७८ करोड ६५ लाख २७ हजार रुपैयाँ विनियोजन गरिएको उल्लेख छ।

उपमहानगरपालिकाले खर्च व्यहोर्ने स्रोतमा आन्तरिक आयबाट ३५ करोड ४३ लाख ३० हजार, राजस्व बाँडफाँडतर्फ ४६ करोड ९७ लाख ९४ हजार, संघीय सरकारको अन्तर सरकार वित्तीय हस्तान्तरणबाट ९२ करोड ५० लाख, प्रदेश सरकारको अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ ५ करोड ३२ लाख १२ हजार र चालू आर्थिक वर्षको दायित्व सरी आउने १२ करोड ५० लाख राखेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस