कृषि विकास कार्यालय प्रमुख र इन्जिनियरसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कृषि विकास कार्यालय प्रमुख र इन्जिनियरसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


१० असार २०८०, आइतबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास कार्यालय प्रमुख, सब-इन्जिनियर र वडाध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

कर्णाली प्रदेश सरकारको अनुदानबाट हाइटेक नर्सरी स्थापना तथा सञ्चालन गर्दा गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा कृषि विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख चन्द्र भूषण झा, सब-इन्जिनियर भिम बहादुर रोकाय र वडा अध्यक्षसहित ४ जनाविरुद्ध आज विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

हुम्लाको अदानचुली गाउँपालिका वडा नम्बर २ मा कर्णाली प्रदेश सरकारको अनुदानबाट हाइटेक नर्सरी स्थापना तथा सञ्चालन गर्दा अनियमितता भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा कृषि विकास कार्यालय, हुम्लाका कार्यालय प्रमुख झा र तत्कालीन सव–इन्जिनियर रोकायले आ.व. २०७६/०७७ मा कृषि विकास कार्यालय, हुम्लामार्फत व्यावसायिक फलफूल नर्सरी प्रवर्द्धन कार्यक्रम अन्तर्गत दिइएको अनुदानबाट फलफूल प्रशोधन तथा भण्डार केन्द्र, अदानचुली, मकै, हुम्लाले निर्माण गरेको नर्सरी तथा टनेल निर्माण कार्यमा फिल्डमा गरिएको वास्तविक परिमाणभन्दा बढी काम गरेको देखाई गलत नापी किताब, कार्य सम्पन्न प्रतिवेदन र अन्तिम बिल प्रमाणित गरी सोहीबमोजिम झुट्टा बिल भरपाई बनाई फिल्डमा गर्दै नगरिएको कामको समेत भुक्तानी दिई रु. ४ लाख, ३८ हजार ५ सय ५७.८२ बराबरको हानिनोक्सानी पुर्‍याएको अख्तियारको ठहर छ ।

यस्तै जिल्ला हुम्ला अदानचुली गाउँपालिका वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष दल बहादुर बुढा र फलफूल प्रशोधन तथा भण्डार केन्द्रकी सञ्चालिका सुष्मा (कार्की) भण्डारीविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस