प्रमुख प्रशासकीय अधिकृत र पूर्वमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रमुख प्रशासकीय अधिकृत र पूर्वमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


१० असार २०८०, आइतबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत र पूर्वमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नदीजन्य पदार्थको ठेक्कामा नियमविपरीत छुट दिएको आरोपमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट, तत्कालीन नगरप्रमुख सुरेन्द्रबहादुर विष्ट, र तत्कालीन नि. प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीलगायत १२ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आज मुद्दा दायर गरिएको हो।

भीमदत्त नगरपालिकाले आ.व. ०७७/७८ मा नदीजन्य पदार्थको ठेक्कामा नियमविपरीत छुट दिएको उजुरीका आधारमा अनुसन्धान हुँदा नियमानुसारको राजस्व नउठाई नेपाल सरकार र प्रदेश सरकारको स्वीकृतिविना कार्यदलको सिफारिसको आधारमा राजस्व रकम घटाई कम अङ्क सम्झौता र नियमविपरीत राजस्व रकममा छुट तथा मु.अ. कर चुहावटसमेत गरी रु. तीन करोड ३३ लाख २२ हजार पाँच सय सय ८३‍.०१ बराबरको राजस्व चुहावट गरेको भन्दै र प्रमुख प्रशासकीय अधिकृत भट्ट र नगर प्रमुख विष्टलाई कसुरमा बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

यस्तै निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीसमेतले राजस्व कबोल अङ्क घटाई भवानी कन्स्ट्रक्सन प्रालि,कञ्चनपुरसँग ठेक्का सम्झौता गर्दा मु.अ. कर दुई करोड एघार लाख पैसठ्ठी हजार ६ सय आठ रुपैयाँ ८५ पैसा रकम घटी राजस्व निर्धारण गरी भ्रष्टाचार गरेको आरोपमा सोही रकम बिगो कायम गरी मुद्दा दायर भएको छ।

पछिल्लो समय सुदूरपश्चिममा भ्रष्टाचारका ठुला र सेटिङका घटनाहरूको अनुसन्धानलाई तिब्र बनाइएको छ । अहिले सुदूरपश्चिम अख्तियार प्रमुखमा राम बहादुर कुरुम्वाङ रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस