म ग्यारेन्टी गर्छु, बढुवामा हुने पैसाको चलखेल शून्यमा झार्‍यौँ : गृहमन्त्री « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

म ग्यारेन्टी गर्छु, बढुवामा हुने पैसाको चलखेल शून्यमा झार्‍यौँ : गृहमन्त्री


१० असार २०८०, आइतबार


काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी बढुवामा हुने पैसाको चलखेल शून्यमा झारेका दाबी गरेका छन्। 

आइतबार प्रतिनिधि सभा बैठकमा गृह मन्त्रालयअन्तर्गतको विनियोजन शीर्षकमाथि सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिँदै उनले प्रतिपक्षका केही सांसदहरूले प्रहरी बढुवामा चलखेल भएको आरोप लगाएको र त्यसलाई आफूले शून्यमा झारेको दाबी गरेका हुन् । 

उनले भने, ‘छलफल गर्दै जाँदा एकजना माननीयजीले के भन्नुभयो भने अहिलेको गृह मन्त्रालय अपराध र भ्रष्टाचारको केन्द्र बनेको छ। के भन्नुभएको होला रु यो समाजले, यो सदनले, बाह्य समुदायले पनि त्यसलाई स्वीकार गर्ला ? त्यो स्वतः अस्वीकार्य छ भन्ने स्पष्ट नै छ। तैपनि भनिदिनुपर्ने। त्यसकारणले के परिणाम ल्याउँछ भन्ने कुरा हामीले विचार गर्नु पर्दैन ? अर्को एकजना माननीयले भन्नुभयो-अहिलेको प्रहरीहरूको पदोन्नतिमा आर्थिक चलखेलसमेत भएको चर्चा छ । त्यो शून्यमा झारिएको छ। म त्यो दाबीका साथ भन्न सक्छु। म ग्यारेन्टी गर्छु।’ 

Tags :
प्रतिक्रिया दिनुहोस