जसपाले प्रदेशमा पहिचानमा आधारित पार्टी संरचना बनाउने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

जसपाले प्रदेशमा पहिचानमा आधारित पार्टी संरचना बनाउने


१० असार २०८०, आइतबार


काठमाडौँ । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)मा पहिचानमा आधारित प्रादेशिक संरचनाको प्रस्ताव गरिएको छ । 

आइतबारदेखि सुरु हुने विधान अधिवेशनमा अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्ने विधानको मस्यौदाको धारा-५४ मा पहिचानमा आधारित प्रादेशिक संरचना रहने उल्लेख छ ।

पहिचानमा आधारित प्रादेशिक संरचनाको रूपमा पार्टीमा समितिहरू हुने उल्लेख छ । यस समितिले मूलतः राजनीतिक तथा पहिचानको आन्दोलनसँग सम्बन्धित कार्यहरू गर्ने प्रस्तावित विधान मस्यौदामा छ ।

मस्यौदामा भनिएको छ, “पहिचानमा आधारित प्रादेशिक संरचनाहरू लिम्बुवान, किराँत, मधेस, शेर्पालुङ, नेवाः, ताम्सालिङ, तमुवान, मगरात, थरुहट, खसान र शिल्पी/दलित विशेष समिति हुनेछन् ।”

पहिचानमा आधारित राष्ट्रिय समिति दुई वा दुईभन्दा बढी प्रदेशमा विभाजित भएमा राष्ट्रिय समन्वय समिति गठन गरिने मस्यौदामा उल्लेख छ । समन्वय समितिमा एकजना संयोजक तोकिने बताइएको छ ।

दुई वा दुईभन्दा बढी प्रदेशमा विभाजित पहिचानमा आधारित राष्ट्रिय समितिको कामलाई संयोजन गर्न तोकिएको इञ्चार्जले प्रदेश समितिहरूसँग समन्वय गरी अनुसूची-१२ बमोजिम पहिचानमा आधारित राष्ट्रिय समन्वय समिति गठन गर्ने मस्यौदामा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस