बालेन शाहविरुद्ध सर्वोच्चमा अवहेलनाको उजुरी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

बालेन शाहविरुद्ध सर्वोच्चमा अवहेलनाको उजुरी


१० असार २०८०, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।

अधिवक्ता वर्षाकुमारी झाले अदालतको अवहेलना गरेको भन्दै कारवाहीको मागसहित निवेदन दर्ता गराएका हुन् ।

उनले पेश गरेको निवेदन न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेशी तोकिएको छ । इजलासले आवश्यक ठानेर निवेदन अघि बढाएमा मात्रै त्यसले मुद्दाको रूप लिनेछ ।

केही दिनअघि भारतीय चलचित्रलाई नेपाली हलमा चलाउन नदिने मेयर शाहको निर्णय विरुद्ध उच्च अदालतले आदेश दिएको थियो । त्यसपछि उनले अदालत नै भारतबाट प्रभावित भएको आरोप लगाउँदै अदालतको आदेश पालना नगर्ने बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस