वरिष्ठ नायब निरीक्षक सिंहसहित २९ प्रहरीको सरुवा (सूचीसहित) « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

वरिष्ठ नायब निरीक्षक सिंहसहित २९ प्रहरीको सरुवा (सूचीसहित)


८ असार २०८०, शुक्रबार


नेपाल प्रहरी

काठमाडौँ । मधेस प्रदेशमा लामो समयदेखि कार्यरत प्रहरीहरू पहाडी जिल्ला पठाइएको छ । मधेस प्रदेशका आठ जिल्लामा कार्यरत २९ जना प्रहरीलाई प्रहरी प्रधान कार्यालयले विभिन्न पहाडी जिल्लामा खटाएको हो । 

लामो समयदेखि पर्सामा कार्यरत वरिष्ठ प्रहरी नायब निरीक्षक विनोदकुमार सिंहलाई कालिकोट र बारामा कार्यरत सागरशमशेर जबरालाई रामेछाप खटाइएको छ । 

त्यस्तै, धनुषामा कार्यरत सई नागेन्द्र राउत अहिरलाई सङ्खुवासभा, सर्लाहीका रामरेख राय यादवलाई दोलखा, सप्तरीका सुरेशकुमार यादवलाई भोजपुरमा खटाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस