डिजिटल नेपालको अवधारणालाई कार्यान्वयनमा ल्याउन प्रधानमन्त्रीको जोड « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

डिजिटल नेपालको अवधारणालाई कार्यान्वयनमा ल्याउन प्रधानमन्त्रीको जोड


८ असार २०८०, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले विकसित प्रविधिको उपयोगसहित डिजिटल नेपालको अवधारणालाई कार्यान्वयनमा ल्याउन जोड दिएका छन् ।

शुक्रबार काठमाडौँमा ह्वा-वे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकले खोजेको विकास र समृद्धिको लक्ष्य हासिल गर्न, सुशासन, सामाजिक न्याय स्थापना गर्दै समाज रूपान्तरणका लागि विकसित प्रविधिको उपयोगसहित डिजिटल नेपालको अवधारणालाई कार्यान्वयनमा ल्याउन जोड दिएको बताए ।

समाजलाई उन्नत चरणमा रूपान्तरण गर्न अहिलेको युगको मुख्य विशेषता बनेको सूचना तथा सञ्चार प्रविधिको नेपालमा विकास र यसलाई परिवर्तनका पक्षमा उपयोग उपयोग गर्नु जरुरी रहेको उनले उल्लेख गरे ।

यससम्बन्धी थप आवश्यक नीति, नियम र कानुन जति सक्दो छिटो पारित गर्दै कार्यान्वयनका पक्षमा विशेष ध्यान केन्द्रित गर्न सम्बन्धित निकायलाई आफूले निर्देशन दिएको उनले बताए । निकायपिच्छे घण्टौँ लाइन लागेर नागरिकको व्यक्तिगत तथा जैविकीय विवरण प्रविष्ट गर्ने अवस्थाको अन्त्य गर्न पासपोर्ट, राष्ट्रिय परिचयपत्रलगायतका अन्य सेवा प्रवाहबीच अन्तरआबद्धता प्रणालीको विकास गर्ने काम अघि बढेको उनले जानकारी दिए ।

त्यस्तै, प्रधानमन्त्री प्रचण्डले सरकारी डाटा सेन्टर तथा सर्भरहरुमा देखा पर्ने साइबर सुरक्षा तथा अन्य जोखिम अन्त्यका लागि स्थायी समाधानका लागि सरकारले आवश्यक कदम चालिसकेको दाबी गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस