अब न्यूनतम मूल्य नपाएर कृषकले तरकारी बाटोमा फाल्नु पर्दैन : प्रधानमन्त्री « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

अब न्यूनतम मूल्य नपाएर कृषकले तरकारी बाटोमा फाल्नु पर्दैन : प्रधानमन्त्री


८ असार २०८०, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानले उत्पादन गरेको तरकारी बाटोमा फाल्न नपरोस् भनेर बजारीकरणका लागि सरकारले काम गरिरहेको बताएका छन् ।

उनले कृषि उपजको कृषकले न्यून मूल्य पाउने तर उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न प्रमुख खाद्यान्न बालीको सिजन पूर्व समर्थन मूल्य तोक्ने व्यवस्था गरिएको जानकारी दिए ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसद अर्जुननरसिंह केसीले खेतीको समयमा मल नपाउने अवस्था रहेको बताए । त्यही समयमा कालो बजारीमा पनि फस्टाएको उनको भनाइ छ । यसलाई चिरेर उत्पादन गरेका कृषि उपजको न्यूनतम मूल्य नपाएर सडकमा फाल्नु परेको छ । यसको अन्त्य यो वर्ष हुन्छ भन्दै प्रश्न गरेका थिए ।

उक्त प्रश्नको जवाफ दिँदै उनले दूधको समर्थन मूल्य तोकिएको, उखु किसानलाई अनुदान दिइएको तथा तरकारीको बजारीकरणमा देखिएको समस्या अन्त्य गर्न विकेन्द्रीकरणको माध्यमबाट कार्य अघि बढाइएको जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले बढी उत्पादन भएको खाद्य सामानको कोल्डस्टोरमा राख्न सक्ने पूर्वाधार बनाउने र केहीको न्यूनतम मूल्य तोक्ने काम भइरहेको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस