प्राथमिकताका आधारमा बजेट विनियोजन गरिएको छ : प्रधानमन्त्री प्रचण्ड « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्राथमिकताका आधारमा बजेट विनियोजन गरिएको छ : प्रधानमन्त्री प्रचण्ड


८ असार २०८०, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव विकासको सूचांकमा पछि परेका मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशका लागि विशेष प्राथमिकता दिएर बजेट विनियोजन गरिएको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले अवस्था र आवश्यकताका आधारमा बजेट विनियोजन गरेको बताएका हुन् ।

सांसद अमरेशकुमार सिंहले मधेसका २० जिल्लामा बजेट किन कम विनियोजन भएको भन्दै प्रश्न गरेका थिए । प्रधानमन्त्री प्रचण्डले देशको समग्र विकासका लागि बजेटको प्राथमिकता अनुसार विनियोजन गरिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस