रुसी सेनामा नेपाली युवा भर्तीबारे सरकारको ध्यानाकर्षण भएको छ : प्रधानमन्त्री « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

रुसी सेनामा नेपाली युवा भर्तीबारे सरकारको ध्यानाकर्षण भएको छ : प्रधानमन्त्री


८ असार २०८०, शुक्रबार


काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसद्हरुले सवाल जवाफ राखेका छन्। यस क्रममा सांसद अच्युत प्रसाद मैनालीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गरेका थिए।

उनले नेपाली युवा रुसी सेनामा भर्ती भएको सम्बन्धमा सरकारको जवाफ माग गरेका छन्। उनको यस प्रश्नमा प्रधानमन्त्रीले सरकारको ध्यान गएको छ बताएका छन्।

प्रधानमन्त्री दाहालले अन्तराष्ट्रिय स्तरमा भइरहेका घटनाबारे सरकारले चासोका साथ नियालिरहेको बताए। ‘अन्तराष्ट्रिय स्तरका घटनाहरूप्रति नेपाल सरकारको गहिरो ध्यान गएको छ,’ उनले भने, ‘रुसमा नेपाली युवाहरूको सैनिक भर्ती र घटनाक्रमहरूलाई सरकारले नजिकबाट नियालिरहेको छ।’

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग सांसदहरूको प्रश्नोत्तर भइरहेको छ। प्रश्नोत्तरका लागि एक घण्टाको समय छुट्याइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस