तलब भत्ताबाट बचेको रकम सचिवालयका कर्मचारीका लागि मात्र खर्च गर्न परिपत्र « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

तलब भत्ताबाट बचेको रकम सचिवालयका कर्मचारीका लागि मात्र खर्च गर्न परिपत्र


७ असार २०८०, बिहिबार


काठमाडौँ । कर्मचारी तथा पदाधिकारीको तलब भत्ताबाट बचेको रकम निजी सचिवालयका कर्मचारीका लागि मात्र खर्च गर्न अर्थ मन्त्रालयले परिपत्र गरेको छ ।

अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाले जेठ ३२ गते सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै कर्मचारी र पदाधिकारीको तलब पारिश्रमिक तथा विभिन्न भत्ताबाट बचत हुने रकमबाट करार सेवा शुल्क निजी सचिवालयको कर्मचारीको अपुग पारिश्रमिकको मात्र खर्च गर्न सहमति उपलब्ध गराउन भनेको हो ।

यही परिपत्रका आधारमा सङ्घीय मामिला मन्त्रालयले ७७ वटै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई सोही बमोजिम गराउन देशभरका कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई परिपत्र गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस