ईसेवाको रकम एभरेष्ट बैंकको एटिएमबाट झिक्न मिल्ने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

ईसेवाको रकम एभरेष्ट बैंकको एटिएमबाट झिक्न मिल्ने


६ असार २०८०, बुधबार


काठमाडौँ। ईसेवामा रहेको रकम एभरेष्ट बैंकबाट झिक्न मिल्ने भएको छ । नेपालमै पहिलो पटक एभरेष्ट बैंकको एटिएम मेसिनबाट डिजिटल वालेट ईसेवा कनेक्ट गरी रकम झिक्न मिल्ने भएको हो ।

बुधबार ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का र एभरेष्ट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विजय शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । ईसेवा प्रयोगकर्ताले बैंकको एटिएम मेशिनमा कनेक्ट गरी रकम झिक्न सक्नेछन् ।

‘एटिएमबाट ईसेवामा भएको पैसा निकाल्दा कुनै किसिमको कार्ड प्रयोग गर्नुपर्ने छैन’ एक विज्ञप्ति जारी गर्दै कम्पनीले भनेको छ ‘प्रयोगकर्ताले आफ्नो मोबाइलमा आउने ओटीपीमार्फत सहजै नगद झिक्न सक्नेछन् ।’

एभरेष्ट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत शर्माले वाणिज्य बैंकले वालेट कम्पनीहरूसँग पनि सहकार्य गरेर आफ्नो सेवालाई विस्तार गरिरहेको बताए । सहज रूपमा सबै ईसेवा प्रयोगकर्ताहरूले बैंकको एटिएम मेसिनबाट रकम झिक्न सक्ने उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस