नवीकरण गर्ने भन्दा नयाँ राहदानी लिने बढी  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नवीकरण गर्ने भन्दा नयाँ राहदानी लिने बढी 


६ असार २०८०, बुधबार


काठमाडौँ । नेपालमा नवीकरण गर्ने भन्दा नयाँ राहदानी लिनेहरूको संख्या बढी रहेको पाइएको छ । परराष्ट्र मन्त्रालयका अनुसार गत जेठ महिनामा एक लाख ४२ हजार जनाले राहदानी लिएका थिए । त्यसमध्ये ६३ प्रतिशत नयाँ राहदानी लिनेहरू हुन् भने बाँकीले नवीकरण गरेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार एकै महिनामा एक लाख ४२ हजारले राहदानी लिएको हालसम्मकै उच्च हो । गत वैशाखमा एक लाख २५ हजारले र गत चैत महिनामा एक लाख ४१ हजारले राहदानी लिएका थिए । यसमा नवीकरण गर्ने र नयाँ राहदानी लिने दुवैको संख्या समावेश छ ।

प्रत्येक १० वर्षमा राहदानी नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । राहदानी बनाउनेको संख्या अनुमान भन्दा बढी र नवीकरण गर्नेको संख्या कम भएको मन्त्रालयको भनाइ छ ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बुधबार राहदानीका विषयमा पराराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौडेल राहदानी विभागका महानिर्देशक सुरेन्द्र यादवसँग छलफल गरेको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस