साउनदेखि ४० माइक्रोनभन्दा पातला प्लास्टिकमा प्रतिबन्ध « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

साउनदेखि ४० माइक्रोनभन्दा पातला प्लास्टिकमा प्रतिबन्ध


६ असार २०८०, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यही साउन १ देखि ४० माइक्रोनभन्दा पातला प्लास्टिकमा प्रतिबन्ध लगाइने भएको छ । मेयर बालेन्द्र साहले बुधबार आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै एकल प्रयोगको प्लास्टिकलाई निषेध गर्ने, प्लास्टिकको फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातमा समेत रोक लगाउने जानकारी दिएका हुन् ।  

‘संवत् २०८० श्रावण १ गतेबाट एकल प्रयोगको प्लास्टिकलाई निषेध गर्ने, प्लास्टिकको फूलगुच्छा उत्पादन, विक्री वितरण र आयातका साथै ४० माइक्रोनभन्दा पातला प्लास्टिकको झोलाको प्रयोगलाई महानगर क्षेत्रमा प्रतिबन्ध लगाइनेछ र यसको कार्यान्वयनलाई प्रभावकारी बनाइनेछ,’नीति, कार्यक्रममा उल्लेख छ ।

यस्तै महानगरको फोहर व्यवस्थापनमा रहेको लामो समयदेखिको अन्योलतालाई अन्त्य गरी आगामी आर्थिक वर्षभित्र ठोस योजना सहित दिगो समाधानको कार्य प्राथमिकताका साथ कार्यान्वयन गरिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस