बेलायत पठाउन नक्कली छोरा बनाएको आरोपमा पूर्व ब्रिटिस सैनिक पक्राउ « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

बेलायत पठाउन नक्कली छोरा बनाएको आरोपमा पूर्व ब्रिटिस सैनिक पक्राउ


६ असार २०८०, बुधबार


काठमाडौँ । नक्कली नागरिकता बनाउन सहयोग गरेको आरोपमा प्रहरीले मोरङको लेटाङबाट एक जना बेलायती पूर्वसैनिकलाई पक्राउ गरेको छ ।

बेलायत पठाउनका लागि बुबा बनेर अन्य व्यक्तिलाई नागरिकता बनाइदिएको आरोपमा प्रहरीले अवकाश प्राप्त बेलायती सैनिक लेटाङ नगरपालिका-६ का ६१ वर्षीय सूर्यहाङ लिम्बूलाई पक्राउ गरेको हो ।

मङ्गलवार पक्राउ परेका लिम्बूले तीन जनालाई छोरा हो भन्दै नागरिकता बनाइदिएको प्रहरीको आरोप छ । बेलायतमा बसोबास गर्नका लागि पठाउन भन्दै पैसा लिएर नागरिकता बनाइदिएको प्रहरीको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस