१६औँ योजनाका लागि योजना आयोगले लियो विज्ञसँग सुझाव « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

१६औँ योजनाका लागि योजना आयोगले लियो विज्ञसँग सुझाव


६ असार २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८१-८२ देखि कार्यान्वयनमा आउने गरी सोह्रौँ योजना तर्जुमाको तयारी सुरु गरेको छ।

सोही क्रममा आयोगले १६औँ योजनाका लागि आज आयोगका पूर्व उपाध्यक्ष, पूर्व सदस्य तथा विज्ञहरूसँग सुझाव लिएको छ।

१६औँ योजना कस्तो बनाउनु पर्छ ? भन्ने विषयमा बुधबार काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गरेर आयोगले आफ्ना पूर्व उपाध्यक्ष तथा विज्ञहरूसँग सुझाव लिएको हो।

कार्यक्रममा पुर्वअर्थमन्त्री समेत रहेका आयोगका पूर्व उपाध्यक्ष डा. युवराज खतिवडा, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर समेत रहेका पूर्व उपाध्यक्ष दीपेन्द्र बहादुर क्षेत्री, पूर्व उपाध्यक्षहरू डा.पृथ्वीराज लिगल, डा. जगदिस चन्द्र पोखरेल, डा. दिनेशचन्द्र देवकोटा थिए।

आयोगका पूर्व सदस्य तथा अर्थविद् डा. चन्द्रकान्त पौडेल, डा. जनकराज शाह, डा. गोविन्द नेपाल साथै त्रिभुवन विश्व विद्यालय मानविकी तथा समाजशास्त्र विभागकी डिन डा. कुसुम शाक्य र अर्थशास्त्र विभाग प्रमुख डा. शिवराज अधिकारी लगायत उपस्थित थिए।

संरचनात्मक रुपान्तरणमार्फत सुशासन, समृद्धि र सामाजिक न्याय हासिल गर्ने राष्ट्रिय आकांक्षका साथ सोह्रौँ योजनाको तयारी सुरु गरिएको आयोगले जनाएको छ । 

अर्थतन्त्रमा रहेका चुनौतीहरूको सामना गर्दै सोह्रौँ योजनाको काम सम्पन्न गर्न पहिलो चरणको विज्ञहरूसँग छलफल गरेर सुझाव लिएको अघि बढ्ने आयोगको भनाई छ । 

Tags :
प्रतिक्रिया दिनुहोस