बजेट संशोधन हुन्छ : मन्त्री शर्मा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बजेट संशोधन हुन्छ : मन्त्री शर्मा


६ असार २०८०, बुधबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बजेट संशोधन हुँदैमा सरकार ढल्ने कुरा कानुनमा कतै पनि नलेखिएको बताएकी छन्।

मन्त्री शर्माले डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा नै बजेट संशोधन भइसकेको भन्दै बजेट संशोधन हुँदैमा सरकार ढल्ने कुरा कानूनमा कतै पनि नलेखिएको बताएकी हुन्।

उनले नेकपा हुँदा पनि बजेटमा असन्तुष्टिहरू आएको भन्दै उनले बजेटमा असन्तुष्टि जनाउनु स्वभाविक भएको बताइन्। बजेट संशोधन गरेर जानेबारेमा छलफल भइरहेको उनको भनाइ थियो।

Tags :
प्रतिक्रिया दिनुहोस