नेपाल एयरलाइन्सको न्यारोबडी जहाज ‘ग्राउन्डेड’ « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नेपाल एयरलाइन्सको न्यारोबडी जहाज ‘ग्राउन्डेड’


६ असार २०८०, बुधबार


काठमाडौँ । नेपाल एयरलाइन्सको एउटा न्यारोबडी जहाज ‘ग्राउन्डेड’ भएको छ । प्राविधिक समस्या आएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्देशनमा बुधबार जहाजलाई ग्राउन्डेड गरिएको हो ।

नेपाल एयरलाइन्सको ९ एन-एकेएक्स सिरिजको जहाजमा समस्या आएपछि ग्राउन्डेड गरिएको नेपाल एयरलाइन्सले जनाएको छ । 

उक्त जहाज मर्मतका लागि भोलि (बिहीबार) भारतको हैदरावाद लैजाने तयारी गरिएको ती कर्मचारीले बताए ।

सोही जहाजमा एक महिनाअघि पनि जहाजमा समस्या आएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस