बालेन साहको भारतीय फिल्म रोक्ने निर्णयविरुद्ध रिट दायर  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

बालेन साहको भारतीय फिल्म रोक्ने निर्णयविरुद्ध रिट दायर 


६ असार २०८०, बुधबार


काठमाडौँ । नेपाल चलचित्र सङ्घले भारतीय फिल्मको प्रदर्शन रोक्ने काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरेको छ । बुधबार दिउँसो चलचित्र सङ्घको रिट दर्ता भएको पाटन उच्च अदालतले जनाएको छ । 

काठमाडौँ महानगरपालिकाका मेयर साहले फिल्म ‘आदिपुरुष’को सीता भारतीय छोरी हुन् भन्ने आशयको संवाद नहटाएको भन्दै महानगरपालिकाभित्रका हलमा भारतीय फिल्म प्रदर्शनमा रोक लगाएका थिए ।

बालेनको उक्त निर्णय कानुनविपरीत भन्दै फिल्म हल सञ्चालकहरू अदालत गएका हुन् । उनीहरूले काठमाडौँका हलमा हिन्दी चलचित्र सञ्चालन गर्न दिन अन्तरिम आदेश पनि माग गरेका छन् । यो रिटमा बिहीबारका लागि पेशी तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस