२१ खर्ब ७३ अर्ब पुग्यो देशको सार्वजनिक ऋण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

२१ खर्ब ७३ अर्ब पुग्यो देशको सार्वजनिक ऋण


६ असार २०८०, बुधबार


काठमाडौँ । मुलुकको सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब २४ करोड रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन केन्द्रका अनुसार यो वर्ष थपिएको तीन खर्ब ऋणसहित तिर्न बाँकी सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब रुपैयाँभन्दा धेरै पुगेको हो।

तिर्न बाँकी सार्वजनिक ऋणमध्ये दस खर्ब ९९ अर्ब ७२ करोड रुपैयाँ आन्तरिक ऋण मुलुकभित्रका बैंक तथा वित्तीय संस्था तथा सर्वसाधारणबाट उठाइएको छ। त्यस्तै दस खर्ब ७३ अर्ब ५२ करोड रुपैयाँ बाह्य ऋण ९बहुपक्षीय तथा दुई पक्षीय दातृ निकायसँग लिइएको छ।

उनका अनुसार चालु वर्षमा बढेको विदेशी विनिमय दर परिवर्तनको प्रभाव अहिले हिसाबमा गरिएको छैन। वर्षको अन्त्यमा यो हिसाब मिलान गर्दा विनिमय दरको कारण ऋणको भार बढ्छ।

जेठ महिनामा मात्रै ४३ अर्ब ८३ करोड रुपैयाँ सार्वजनिक ऋण थपिएको छ। जसमा ४० अर्ब ६८ करोड आन्तरिक र तीन अर्ब १४ करोड रुपैयाँ मात्रै बाह्य ऋण उठाइएको छ।

गत साउनदेखि जेठसम्ममा तीन खर्ब रुपैयाँभन्दा बढी ऋण थपिएको छ। जसमा दुई खर्ब २० अर्ब ३८ करोड आन्तरिक ऋण उठाइएको छ भने ७९ अर्ब ६७ करोड रुपैयाँ मात्रै बाह्य ऋण उठाइएको छ।

११ महिनामा उठाइएको तीन खर्ब ६ करोड सार्वजनिक ऋणमध्ये करिब २२ प्रतिशत रकम ब्याज भुक्तानीमा सकिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस