कर्मचारीहरू कम हुँदा काम गर्न कठिनाइ भएको गुनासोबारे सरकारको ध्यानाकर्षण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कर्मचारीहरू कम हुँदा काम गर्न कठिनाइ भएको गुनासोबारे सरकारको ध्यानाकर्षण


६ असार २०८०, बुधबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले धेरै नेपालीहरू भएको देशमा अवैतनिक राजदूतका माध्यमबाट राहदानी दिने पहल थाल्न सरकारसँग आग्रह गरेका छन् । 

बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । 

उनले धेरै नेपालीहरू बसोबास गर्ने देशका सहरमा अवैतनिक राजदूतका माध्यमबाट समयमा नै राहदानी नवीकरण गर्नुपर्ने बताए । 

कतिपय देशका दूतावासमा कर्मचारीहरू कम हुँदा समयमा नै काम सम्पन्न गर्न कठिनाइ भएको गुनासो आइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै उनले समयमा नै राहदानी खरिद गर्न सके कम मूल्य पर्ने बताए ।

सरकारले सीमित समयभित्र कति राहदानी आवश्यक पर्छ ? भन्ने कुरालाई ध्यानमा राखेर समयमै खरिद गर्न सक्नुपर्ने उनले बताए । भेरियसनको नाममा म्यानुपुलेसन बढी हुने भन्दै यसतर्फ सचेत रहनुपर्ने बताउँदै नेपालले समयमा नै राहदानी खरिद गर्न नसके राहदानीको मूल्य ठेकेदारहरूले बढाउँदै लैजाने गरेको बताए । 

“राहदानी प्रिन्ट गर्न कति समयसम्म उसले सप्लाइ गर्न सक्छ ? भन्नेकुरा पक्कै ध्यानमा राखिएको हो । यो भेरियसनको नाममा म्यानुपुलेसन ज्यादा हुने गर्दछ,” उनले भने, “भेरियसनको नाममा विभिन्न ठेक्कापट्टामा मूल्यवृद्धि गर्ने हुन्छ । थाहा छ भने समयमा गर्दा कम पर्छ । समयमा गर्न सकिएन भने भाउ बढाउँछन् ।”

Tags :
प्रतिक्रिया दिनुहोस