योगले स्वस्थ जीवनयापनमा सहयोग पुर्‍याउँछ : मन्त्री श्रेष्ठ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

योगले स्वस्थ जीवनयापनमा सहयोग पुर्‍याउँछ : मन्त्री श्रेष्ठ


६ असार २०८०, बुधबार


काठमाडौँ । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले योग, ध्यान र व्यायामले मानिसको मन सफा, शरीर स्वस्थ र निरोगी बनाई स्वस्थ जीवनयापनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकस्थित रङ्गशालामा आज आयोजित योग अभ्यासमा सरिक हुँदै गृहमन्त्रीसमेत रहेका श्रेष्ठले योग र ध्यानले मुलुकको शान्ति र सुव्यवस्था कार्यमा परिचालित राष्ट्रसेवक कर्मचारीहरूलाई समेत ऊर्जा प्रदान गर्ने बताए।

आर्ट अफ लिभिङको सहकार्यमा नवौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय परिसरमा योग अभ्यासको आयोजना गरिएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस