मन्त्री सिंहको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि धनगढी रङ्गशालामा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

मन्त्री सिंहको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि धनगढी रङ्गशालामा


६ असार २०८०, बुधबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि धनगढी रङ्गशालामा राखिएको छ।

मन्त्री सिंहको पार्थिव शरीरमा सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी र मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।

उनको पार्थिव शरीरमा फूलमाला चढाउन तथा अन्तिम श्रद्धाञ्जली दिन स्थानीयको भीड छ। नेता, कार्यकर्ता तथा शुभचिन्तक बिहानैदेखि रङ्गशालामा प्रतीक्षामा थिए। करिव १० : ३० बजेतिर सिंहको पार्थिव शरीर सेती प्रादेशिक अस्पतालबाट श्रद्धाञ्जलीका लागि धनगढी रङ्गशाला ल्याइएको थियो।

मन्त्री सिंहको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज दिउसोसम्म धनगढी रङ्गशालामा राखिने र त्यसपछि बझाङ लगिने आफन्तले बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस