नेपाल–भारत सम्बन्ध हिमालको उचाइजस्तै बढिरहेको छ : पर्यटनमन्त्री « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाल–भारत सम्बन्ध हिमालको उचाइजस्तै बढिरहेको छ : पर्यटनमन्त्री


६ असार २०८०, बुधबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल–भारतबीचको सम्बन्ध हिमालको उचाइजस्तै दिनदिनै बढिरहेको बताएका छन्।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा बुधबार पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले नेपाल र भारतको सम्बन्ध थप उचाइमा पुगेको कुरा प्रधानमन्त्रीको पछिल्लो भारत भ्रमणले पुनर्पुष्टी गरेको बताए।

उनले नेपाल र भारतको भूगोल रहेको ठाउँमा चार करोड वर्ष पहिले तेसिस महासागर रहेको र त्यो सागर सुकेपछि दुई करोड वर्षअघि नेपाल र भारतको भूगोल तयार भएको बताए।

‘बिस्तारै हिमालयहरू बने । अहिले पनि वर्षममा दुई सेन्टिमिटरजति हिमालहरू बढेकै छ,’ उनले भने, ‘हिमालको उचाइ बढेजस्तै नेपाल र भारतबीचको सम्बन्ध पनि झनझन बढिराखेको छ।’

Tags :
प्रतिक्रिया दिनुहोस