बागलुङ जीप दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बागलुङ जीप दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो


६ असार २०८०, बुधबार


ढोरपाटन । बागलुङमा आज बिहान जीप दुर्घटना हुँदा ज्यान गुमाएका दुई जनाको पहिचान खुलेको छ । जिल्लाको गलकोटदेखि बागलुङ बजारतर्फ आउँदै गरेको ग १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना भएको थियो ।

दुर्घटनामा जीप चालक पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गाका २९ वर्षीय राजेन्द्र माझी र जीपमा सवार जैमिनी नगरपालिका–१० राङ्खानीका ३६ वर्षीया दुर्गा पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले जानकारी दि ए । उनका अनुसार दुवैको घटनास्थलमै मृत्यु भएको थियो ।

जीप मध्यपहाडी लोक मार्गदेखि पाँच सय मिटर तल खसेको सूचना अधिकारी केसीले बताए । जीपमा सडकभन्दा धेरै तल खसेकाले जीपमा कति यात्रु सवार थिए भन्ने अहिलेसम्म एकीन हुन नसकेको उनले जानकारी दिए ।

“कस्मेटिक सामानको मार्केटिङ गर्ने गाडी रहेकाले अन्य यात्रु गाडीमा नभएको पनि हुन सक्छ”, केसीले भने । अहिले प्रहरी घटनास्थलमा पुगेर उद्धार गरी शव परीक्षणका लागि बागलुङ बजारस्थित धौलागिरि अस्पतालमा ल्याउने तयारी भइरहेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस