‘ढिँडो मलाई देऊ’ गीत सार्वजनिक « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

‘ढिँडो मलाई देऊ’ गीत सार्वजनिक


६ असार २०८०, बुधबार


काठमाडौँ । गायक रवि ओड र शान्ति श्री परियारको स्वर रहेको ‘ढिँडो मलाई देऊ’ गीत सार्वजनिक भएको छ । मङ्गलबार एक कार्यक्रमबीच उक्त गीत सार्वजनिक गरिएको हो ।

गीतको श्रव्य दृश्यमा तलिशा गुरुङ, रवि ओड, प्रिन्स विश्वकर्मा र खुश्बु खड्काको अभिनय रहेको छ । प्रमोदकुमार भण्डारीको निर्देशनमा तयार पारिएको उक्त गीतमा प्रकाश सापकोटाको शब्द रहेको छ भने सङ्गीत सन्तोष श्रेष्ठको रहेको छ । सङ्गीत संयोजन कमल सौरजले गरेका हुन् भने सम्पादन मीन रावलले गरेका छन् । गीतको छायाङ्कन चितवनमा गरिएको हो ।

कार्यक्रममा संक्षिप्त प्रतिक्रिया दिँदै गीतका लेखक सापकोटाले गीत–सङ्गीतलाई समय सापेक्षितरूपमा परिवर्तन गर्दै अगाडि बढ्ने बताए । उनले एउटा गीतलाई कस्तो स्वरूप दिने भन्ने कुरा लेखकको हातमा रहेको र त्यसको अनुयायीका रूपमा ‘ढिँडो मलाई देऊ’ सार्वजनिक गरिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस