पोखरामा आज पहिलो अन्तर्राष्ट्रिय विमान अवतरण हुँदै « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

पोखरामा आज पहिलो अन्तर्राष्ट्रिय विमान अवतरण हुँदै


६ असार २०८०, बुधबार


काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडान हुने भएको छ । चिनिँया जहाज ‘सिचुवान एयरलाइन्स’ को जहाज पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्न लागेको हो ।

चीनको छेन्दु – तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान भरेर नेपाल आउन लागेको सो जहाज बुधबार बिहान ९ः३० बजे पोखरा विमानस्थल अवतरण गर्नेछ । जहाँ १ सय ३० जना यात्रु रहने छन् ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनासहितलाई लिएर आउने सो विमानमा चिनियाँ खेलाडीहरू साथमा नै आउने छन् ।

दक्षिण एसियामा नै पहिलो पटक पोखरामा आयोजना गरिन लागिएको ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुनका लागि ती खेलाडीहरू नेपाल आउन लागेका हुन । सो फेस्टिभल यही असार ८ र ९ गते पोखरामा हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस