बजेटले आइटी क्षेत्रलाई बेवास्ता गर्‍यो : स्वर्णिम वाग्ले « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

बजेटले आइटी क्षेत्रलाई बेवास्ता गर्‍यो : स्वर्णिम वाग्ले


५ असार २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले अहिलेको बजेटले धेरै सम्भावना भएको सूचना प्रविधि (आइटी) क्षेत्रलाई बेवास्ता गरेको बताएका छन् । 

मङ्गलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद वाग्लेले वर्तमान सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटले अथाह सम्भावना भएको आइटी क्षेत्रलाई बेवास्ता गरेको बताएका हुन् ।

उनले नेपालको अथाह सम्भावना भएको भनिएको पर्यटन क्षेत्र भन्दा पनि ठूलो सम्भावना आइटी क्षेत्रमा रहेको बताए । सरकारले बजेट आइटी क्षेत्र प्राथमिकता दिनसके मात्रै पनि आइटी क्षेत्रले मुलुकलाई समृद्ध बनाउन सकिने उनले बताए । सरकार आइटी क्षेत्रले मुलुकलाई समृद्ध बनाउने बाटोतर्फ लैजाने बजेटमार्फत कुनै सोच विचार नगरेको दाबी उनको छ । सांसद वाग्लेले नेपालमा आइटी क्षेत्रको सम्भावना र विदेशको काम गर्ने नेपाली कति छन् भन्ने अध्ययन अहिलेसम्म नगरेको बताए । उनले निजी क्षेत्रबाट भएको अध्ययनको प्रारम्भिक तथ्याङ्कहरू सुन्दा नेपालको आर्थिक ‘लेन्डस्किप’मा नै सानोतिनो भूकम्प ल्याउने अनुमान गर्न सकिने बताए ।

नयाँ रूपान्तरणकारी सेक्टरमा सरकारले झारा टार्ने गरी डिजिटल अर्थतन्त्र अपनाइने छ भन्ने भाषामा मात्रै खुम्चिएको उनको आरोप छ । उनले आइटी क्षेत्रमा जुन रूपान्तरणकारी सम्भावना त्यसलाई अहिलेसम्म सरकारले सम्बोधन गर्न नसकेको बताए ।

निजी क्षेत्रले निकालेको आँकडाअनुसार करिब ७ हजार ६३७ वटा आइटी कम्पनीहरू कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता रहेको उनले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस