सुदूरपश्चिमका कानुनमन्त्री सिंह चढेको गाडी दुर्घटना, थप विवरण आउन बाँकी   « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

सुदूरपश्चिमका कानुनमन्त्री सिंह चढेको गाडी दुर्घटना, थप विवरण आउन बाँकी  


५ असार २०८०, मंगलबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वी बहादुर सिंह चढेको गाडी बझाङको केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । 

धनगढीबाट बझाङका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी  केदारस्युँ गाउँपालिका देउरा नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरीका कार्यालय बझाङका प्रमुख (डिएसपी) जागेश्वर भण्डारी बताए ।  

दुर्घटनामा मन्त्री सिंहसँगै उनकी श्रीमती, भाउजू र सुरक्षा गार्ड र चालक घाइते भएका डीएसपी भण्डारी बताए । उनले प्रशासनसँग भने, ‘गाडी दुर्घटनामा परेको छ, अवस्था सिरीयस छ, उनीहरूको अस्पतालमा उपचार भइरहेको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस