ओली र चिनियाँ राजदूत सोङबीच शिष्टाचार भेट « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

ओली र चिनियाँ राजदूत सोङबीच शिष्टाचार भेट


५ असार २०८०, मंगलबार


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि चीनका राजदूत चेन सोङबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ ।

ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा उनीहरूबीच भेटवार्ता भएको एमाले कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिए ।

उनका अनुसार उनीहरूबीच द्विपक्षीय हित र आपसी सम्बन्धका बारेमा कुराकानी भएको छ ।

भेटमा एमालेका उपमहासचिव विष्णु रिमाल र चिनियाँ उच्च अधिकारीको सहभागिता रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस