श्रीमानको दुईवटा मृत्युदर्ता बनाउँदा तीन महिना कैद « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

श्रीमानको दुईवटा मृत्युदर्ता बनाउँदा तीन महिना कैद


४ असार २०८०, सोमबार


काठमाडौँ । श्रीमानको मृत्युपछि दुई ठाउँबाट मृत्युदर्ता गराई बसाइसराइँ कागजात बनाएको ठहर गर्दै विशेष अदालतले यसमा संलग्न दुईजनालाई सजाय सुनाएको छ । 

सोमबार विशेषले रेनुका चम्लागाइँसहित झापाको साविक कोहबरा गाविसका तत्कालीन सचिव रामप्रसाद न्यौपानेलाई सजाय सुनाएको हो । 

विशेषका अनुसार दुबैलाई तीन-तीन महिना कैद तथा २०-२० हजार रुपैयाँ जरिवाना सुनाइएको छ । विशेषका अध्यक्ष श्रीकान्त पौडेलका साथै सदस्यद्वय शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासबाट यस्तो फैसला आएको हो । मुद्दा परेको तीन वर्षपछि विशेषले आंशिक ठहर हुने फैसला गरेको छ । 

मोरङको लेटाङ-२ घर भएका हरिप्रसाद चम्लागाइँकी जेठी श्रीमती रेनुकाले दुई ठाउँबाट मृत्युदर्ता बनाएको पुष्टि भएको छ । हरिप्रसादको २१ साउन ०६४ मा मृत्यु भएकोमा रेनुकाले सौता हुमादेवीको समेत हस्ताक्षर गरी लेटाङबाटै मृत्युदर्ता बनाएकी थिइन् । पछि झापाको कोहबराबाट गाविससचिव न्यौपानेसँगको मिलेमतोमा नक्कली मृत्युदर्ता र बसाइँसराइँ पनि बनाएको भेटिएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस