त्रिवि उपकुलपतिको कार्यालय अघि चलाउनेले थाले आमरण अनसन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

त्रिवि उपकुलपतिको कार्यालय अघि चलाउनेले थाले आमरण अनसन


४ असार २०८०, सोमबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले उपकुलपतिको कार्यालयको प्राङ्गणमा आमरण अनसन सुरु गरेका छन् ।

चलाउनेलाई कुटपिट गरेका नेविसंघ नेताहरूको मुद्दा फिर्ता लिने निर्णयका विरुद्धमा उपप्राध्यापक चलाउने आमरण अनसनमा बसेका हुन् । ज्यान मार्ने उद्योगमा मुद्दा चलिरहेका हरि आचार्य, योगेन्द्र रावल लगायतको मुद्दा फिर्ता लिने सरकारले निर्णय गरेको थियो ।

त्यो निर्णयविरुद्ध सोमबार बिहान जिल्ला अदालत काठमाडौंमा आमरण अनसन बस्न लागेका उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

काँग्रेस नेता बालकृष्ण खाँण र कृष्णप्रसाद सिटौलाले लाख कोसिस गर्दा समेत मन्त्रिपरिषदमा लान नसकेको यो मुद्दालाई वर्तमान सरकारले सजिलै फिर्ता लिएको भन्दै उनले आक्रोश पोखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस