समाजवादी मोर्चा घोषणाबारे झलनाथ खनालको असन्तुष्टि « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

समाजवादी मोर्चा घोषणाबारे झलनाथ खनालको असन्तुष्टि


४ असार २०८०, सोमबार


काठमाडौँ । समाजवादी मोर्चा घोषणालाई लिएर एकीकृत समाजवादीका नेता झलनाथ खनाल असन्तुष्ट देखिएका छन् ।

माओवादी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेकपा सम्मिलित समाजवादी मोर्चाको घोषणा सभा आज सोमबार अपराह्न ४ बजे राखिएको छ ।

त्यसअघि प्रतिबद्धता पत्रलाई अन्तिम रूप दिन चार दलका नेताहरूको बैठक बसेको थियो ।

बालुवाटारमा बसेको बैठकमा एकीकृत समाजवादीका नेता खनालले मोर्चाको प्रधान शत्रु को हो ? भनेर प्रश्न गरेका थिए । नेताहरुले अहिले मोर्चाको उद्देश्यहरू तय गरेको र अरु विषय छलफल गर्दै जाने बताएका थिए ।

तर खनालले प्रधान सूत्र नतोकी मोर्चामा नबस्ने बताए । ‘म आजको कार्यक्रममा पनि आउँदिन भनेर उहाँ हिँड्नु भएको हो’, बैठकमा उपस्थित एक नेताले सुनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस