योग्यलाई उच्च अदालतको न्यायाधीश बनाउन माग « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

योग्यलाई उच्च अदालतको न्यायाधीश बनाउन माग


३ असार २०८०, आइतबार


काठमाडौँ । योग्य व्यक्तिलाई मात्रै उच्च अदालतको न्यायाधीश बनाउन माग गर्दै एक कानुन व्यवसायीले न्याय परिषद्का अध्यक्ष एवं सदस्यहरूको ध्यानाकर्षण गराएका छन्।

अधिवक्ता खेमराज भट्टले प्रधानन्यायाधीश समेत रहेका न्याय परिषद् अध्यक्ष हरिकृष्ण कार्की परिषदकास सदस्य वरिष्ठतम न्यायाधीश विश्वभर श्रेष्ठलाई पत्र बुझाउँदै यसअघि सर्ट लिस्ट गरिएका नभई योग्यलाई स्थान दिन माग गरेका हुन्।

उनले बुझाएको १६ बुँदे ध्यानाकर्षण पत्रमा कानुन व्यवसायीबाट उच्च अदालतको न्यायाधीश हुनका लागि सर्ट लिस्टमा परेकाहरूलाई भन्दा जिल्ला न्यायाधीशलाई प्राथमिकता दिन सुझाव दिएका छन्।

दीपककुमार कार्की कायम मुकायम प्रधानन्यायाधीश हुँदा सर्ट लिस्टमा परेकाहरू आफन्त परेको, आग्रह र पूर्वाग्रहका आधारमा सूची बनाइएको, अनुभव, विशेष योग्यता आदिलाई महत्त्व नदिएको जिकिर उनले गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस