आफ्नै हाकिमविरुद्ध मनपरी लेख्ने कर्मचारीलाई कारबाही गर्ने हिम्मत छैन : अख्तियार प्रमुख « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आफ्नै हाकिमविरुद्ध मनपरी लेख्ने कर्मचारीलाई कारबाही गर्ने हिम्मत छैन : अख्तियार प्रमुख


३ असार २०८०, आइतबार


काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले कर्मचारीतन्त्रमा चेन अफ कमाण्ड नरहेको बताएका छन् ।

आइतबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले जसलाई जे मन लाग्छ त्यही गरेको र कसैप्रति जबाफदेही हुनुपर्छ भन्ने नदेखिएको टिप्पणी गरे ।

‘हामी सबैले सबैलाई जे गर्दा पनि हुन्छ भन्ने हिसाबमा छुट दियौँ । जहाँ पनि, जसले जे गर्दा पनि ठिक छ कारबाही नगर्ने । कर्मचारीले मनपरी कार्य गर्छ फेसबुकमा । सोसल मिडियामा आफ्नै हाकिमको विरुद्धमा मनपरी लेख्छ । त्यो कर्मचारीलाई कारबाही गर्ने हिम्मत हामीमा छैन, तर कानुनमा छ’, उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस