लिभिङ टुगेदर चलेकै छ, समाजवादी मोर्चा केका लागि : केपी ओली « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

लिभिङ टुगेदर चलेकै छ, समाजवादी मोर्चा केका लागि : केपी ओली


२ असार २०८०, शनिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका दल सम्मिलित समाजवादी मोर्चाको कुनै औचित्य नभएको बताएका छन् ।

शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले सँगै रहेका दलहरूले समाजवादी मोर्चा बनाउनुको कुनै अर्थ नभएको बताए ।

उनले भने, ‘समाजवादी मोर्चा बनाएर हुन्छ के ? किन बनाउने त्यो ? तिनै चिनेका मान्छे हो, सँगै हिँडिरहेका छन् । मोर्चा भने पनि नभने पनि लिभिङ टुगेदर चलेकै छ । के मोर्चा के नमोर्चा ? चारतिर फर्केका, चारतिरका गलत गलत फरक फरक उद्देश्य बोकेका त्यस्ता तत्त्व एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति बन्दैन । एमालेलाई सरकारबाट बाहिर राख्न एक छिनलाई हुन सक्छ । ०८४ सम्मलाई हुन सक्छ । हामीले मिसन ८४ को तयारी गर्नुपर्छ । राष्ट्रिय शक्ति निर्माण गर्नुछ । जसलाई कसैले पराजित गर्न नसकोस् ।’

Tags :
प्रतिक्रिया दिनुहोस